नेपाल सरकार
गृह मन्त्रालय
क्षेत्रीय प्रशासन कार्यालय ,
सुदूरपश्चिमाञ्चल, दिपायल


  परिचय

विकास कार्यक्रमको संचालनमा क्षेत्रीय सन्तुल ल्याउने मूल अभिप्रायका साथ २०२९ सालमा नेपाल अधिराज्यलाई चार विकास क्षेत्रमा बाँडिएको हो । शुरुमा पूर्वान्चल विकास क्षेत्रमा १६ जिल्ला , मध्यमान्चल विकास क्षेत्रमा १९ जिल्ला , पश्चिमान्चल विकास क्षेत्रमा १७ जिल्ला र सुदुर पश्चिमान्चल विकास क्षेत्रमा २३ जिल्ला गरी ४ वटा विकास क्षेत्रमा विभाजन गरिएको थियो । पछि वि. स. २०३७ सालमा सुदुर पश्चिमान्चल विकास क्षेत्रको १५ जिल्ला र पश्चिमान्चलको एक जिल्ला गरी १६ जिल्लाको मध्य पश्चिमान्चल विकास क्षेत्रको घोषणा गरेपछि हाल विकास क्षेत्रहरुको संख्या ५ पुगेको छ ।

जनताका चाहना र आवश्यकताहरु असिमित छन् र हुन्छन् पनि, तर हामीसं‌‍ग सिमित श्रोत र साधन भएकोले लक्षित समूहलाई तत्काल फाईदा हुने योजनाको छनौट गरिनु आवश्यक हुन्छ । यसकारण पनि राष्ट्रिय एवं स्थानीय स्तरमा समेत विकास निर्माणको योजना एवं कार्यक्रमहरु संचालन तथा त्यस संम्बन्धी अध्ययन र विश्लेषण गर्न वस्तुगत विवरणको सहयोगी भूमिका हुने गर्छ । क्षेत्रीय विकासको अवधारणा लागु भएपछि विभाग र मन्त्रालयहरुबाट हुँदै आएको अनुगमन सुपरीवेक्षण गर्ने कामको लागि विभागहरुको क्षेत्रीय विस्तारको रुपमा क्षेत्रीय स्तरमा विभिन्न कार्यालयहरु स्थापना भएका हुन् । संगठनात्मक संरचना अनुसार केही अन्चल स्तरका कार्यालय एवं दुई वा दुई भन्दा बढी जिल्ला कार्यक्षेत्र रहेका कार्यालयहरु पनि कायम रहेका छन् जसमा क्षेत्रीय प्रशासन कार्यालय, सुदुरपश्चिमान्चल दिपायलको भूमिका सुदुरपश्चिमान्चल अन्तर्गतका जिल्लाहरुको अनुगमन गर्नेका साथसाथै विकास कार्यक्रम एवं आयोजना कार्यान्वयनको सिलसिलामा आवश्यक समन्वय गरी स्थानीय तथा क्षेत्रीय स्तरमा समस्या समाधान गर्ने कार्यमा समेत टेवा पु¥याउनु हो ।

नागरिकलाई सुरक्षित र भयमुक्त नराखेसम्म विकास नहुने र अमन चयनका लागि सुरक्षा व्यवस्थालाई अझ सुदृढ र संगठित बनाई सुरक्षा कार्यमा संलग्न निकायहरुवीच राम्रो समन्वय, निर्देशन, प्रोत्साहन र नियन्त्रण स्थापित गर्न क्षेत्रीय तहमा एउटा सशक्त र सवल प्रशासनिक निकायको आवश्यकता खट्किएकोले स्थानीय प्रशासन ऐन, २०२८ लाई संशोधन गरी मन्त्रिपरिषद्‍बाट २०५७ साल फाल्गुण १ गते देशका ५ वटै विकास क्षेत्रमा रा.प.विशिष्ट श्रेणीका क्षेत्रीय प्रशासक सहित १२ जनाको  दरबन्दी रहने गरी १/१ वटा क्षेत्रीय प्रशासन कार्यालयको स्थापना गर्ने निर्णय भए बमोजिम यस कार्यालयको स्थापना मिति २०५७ साल चैत्र ९ गते भएको हो । क्षेत्र तथा जिल्लास्थित कार्यालयहरुको समन्वय, अनुगमन र निरीक्षण गरी सर्वसाधारणको जीउधनको सुरक्षा गर्ने कार्यलाई अझ बढी प्रभावकारी बनाउने, सेवाग्राहीहरुलाई छिटोछरितो रुपमा  सेवा प्रदान गर्ने र जनतालाई सुशासनको अनुभूति दिलाउने उद्देश्य समेत यस कार्यालयको रहेको छ ।

शान्ति सुरक्षा सम्बन्धी सूचना संकलन तथा विष्लेषण गर्ने, घटनाहरुको अध्यावधिक अभिलेख राखी मासिक तथा वार्षिक प्रतिवेदन तयार गर्ने, गोप्य संकेत सुरक्षित राख्ने र कोड संचालन गर्ने, क्षेत्रीय सुरक्षा समितिको बैठक सम्बन्धी कार्य गर्ने र क्षेत्रीय स्तरका नेपाली सेना, सशस्त्र प्रहरी एवं राष्ट्रिय अनुसंधान विभागसंगको समन्वय र परिचालन सम्बन्धी कार्य आदि पनि क्षेत्रीय प्रशासन कार्यालय, दिपायलको प्रमुख भूमिका अन्तर्गत पर्दछ ।

क्षेत्रीय प्रशासन कार्यालयको कार्यहरुः

(१)  आफ्नो क्षेत्रभित्र शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्‍ने, राख्‍न लगाउने,

(२)  आफ्नो क्षेत्रभित्रको जिल्ला प्रशासन कार्यालयहरुको कार्य सञ्चालनमा रेखदेख र समन्वय गर्ने,

(३)  क्षेत्रभित्रको क्षेत्रीय तथा जिल्ला कार्यालयहरुको कामलाई सेवामुखी र मितव्ययी बनाउन तथा ढिलासुस्ती, लापरवाही, भ्रष्‍टाचार आदि हुन नदिन आवश्यक समन्वय र कारवाही गर्ने, गराउने,

(४)  आफ्नो क्षेत्रभित्रको शान्ति सुरक्षा सम्बन्धी वस्तुस्थितिको यथार्थ जानकारी नियमित रुपमा नेपाल सरकारलाई जानकारी गराउने,

(५)  सम्बन्धित प्रमुख जिल्ला अधिकारीबाट आफ्नो क्षेत्रभित्र जोडिएको विदेशी मुलुकको सिमानाको आवधिक निरीक्षण गर्न लगाई नेपाल सरकार समक्ष प्रतिवेदन

      पेश गर्ने र सीमावर्ती क्षेत्रमा हुने आपराधिक क्रियाकलापहरुको नियन्त्रणमा स्थानीय प्रशासनको प्रभावकारिता बढाउन आवश्यक पहल एवं व्यवस्था मिलाउने ।

      आफ्नो क्षेत्रभित्रका दुईभन्दा बढी जिल्लाहरुवीच  कायम रहेको सिमाना, बाटो, कुलो, खानेपानी आदि सार्वजनिक सरोकारको  विषयमा आपसी मतभेद वा विवाद

      उत्पन्न भएमा सम्बन्धित पक्षहरु राखी निराकरणको लागि आवश्यक व्यवस्था गर्ने,

(६)  दैवी प्रकोप, महामारी, भोकमरी जस्ता विषय परिस्थिति नियन्त्रण एवं व्यवस्थापन गर्न आवश्यक व्यवस्था गर्ने, गराउने । विकास क्षेत्रभित्र राष्‍ट्रियता

      अभिवृद्धि गरी नेपाली जनतावीच मेलमिलाप र आपसी सद्‍भावद्वारा एकता कायम गर्न आवश्यक पर्ने कार्यहरु गर्ने,

(७)   क्षेत्रभित्रका कारागारहरुको नियमित निरीक्षण गरी सुसञ्चालनको आवश्यक व्यवस्था मिलाउने र कैदीहरुको कैद माफीको लागि सिफारिस गर्ने,

(८)  क्षेत्रभित्र विभित्र विभिन्न निकायद्वारा संचालित पहिलो प्राथमिकता प्राप्‍त आयोजना/कार्यक्रमहरुको अनुगमन गर्ने गराउने साथै

        चौमासिक एवं वार्षिक प्रगति समीक्षा गर्ने गराउने,

(९)  क्षेत्रीय सुरक्षा समितिको बैठक आवश्यकता अनुसार आयोजना गरी बैठकका निर्णयहरु कार्यान्वयन गर्ने गराउने,

(१०)  नेपाल सरकारले समय-समयमा दिएका आदेश तथा निर्देशन अनुसार अन्य काम कारवाही गर्ने, गराउने तथा त्यसको अनुगमन गर्ने । 

 

 

  • विद्यार्थी भर्ना फा​राम खुल्याे --

     निजामती कर्मचारी अावासीय विद्यालयकाे  विद्यार्थी भर्ना फा​राम 

  • निजामती आवाशिय विद्यालयमा शिक्षक आवश्यकता सम्बन्धम --

    lghfdtL sd{rf/L cfjf;Lo ljb\ofno, /fhk'/, lbkfon, 8f]6L   cfjZostf   lj1fkg g+= !÷)&#–&$ o; lghfdtL sd{rf/L cfjf;Lo ljb\ofno, /fhk'/, lbkfon, 8f]6Lsf]nflu k|wfgfWofks kb ! -Ps_ sf] k|ltof]lutfTds lnlvt k/LIffåf/f ;]jf s/f/df kbk"lt{ ug{ lgDg adf]lhdsf of]Uotf k'u]sf pd]bjf/x?af6 b/vf:t cfXjfg ul/G5 . kbsf] gfd M k|wfgfWofks tx M dfWolds t[tLo >]0fL -;]jfs/f/_ k/LIffsf] lsl;d M lnlvt / cGtjf{tf{ . k/LIff s]Gb|M lbkfon, 8f]6L k/LIff b:t'/M ?= !,))).– -Ps xhf/_ k/LIff b:t'/ a'emfpg] :yfg M ;'b'/ klZrdf~rn If]qLo k|zf;g sfof{no,  lbkfon, 8f]6L b/vf:t a'emfpg] dfWod M pDd]b\jf/ cfkm}Fn] jf x'nfsaf6 . Dofb gf3L x'nfsaf6 k|fKt x'g cfPsf b/vf:t :jLs[t ul/g]5}g .…

  • हेलो सरकार कक्ष शुरु २०७३-१-१

    मिति २०७२।१२।१० गतेदेखि यस क्षेत्रीय प्रशासन कार्यालय दिपायलमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको हेलो सरकारको क्षेत्रीय कक्ष स्थापना गरि सेवा सुचारु गरिएको छ । ११११ न‌ं. मा डायल गरी अाफ्ना गुनासा र समस्या टिपाई सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता ल्याउन सबैमा अनुरोध गरीएको छ ।

  • बाघले खाएर मान्छेकाे मृत्यु २०७३-१-१३

    दिपायल सिलगढी न.पा.७, ट्राफिक प्रहरी कार्यालयको अगाडी मिति २०७३।१।१२ गते राति जिल्ला काकडा रिणी दोलाश्वरना हिमाञ्चल प्रदेश भारत स्थायी ठेगाना भई कामको सिलसिलामा दिपायलमा खोटो कम्पनीमा काम गर्दै अाएका जगदिश चन्द नाम गरेका व्यक्तिलाई बाघले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको छ । मृतकको हात, घाँटी र खुट्टामा खाएको छ ।

  • क्षेत्रीय अापतकालीन कार्य संचालन केन्द्र २०७२-३-२८

    नेपालमा विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्न क्षेत्रीय प्रशासन कार्यालय सुदूर पश्चिमाञ्चल विकास क्षेत्रकेा राजपुर दिपायलमा क्षेत्रीय अापतकालीन कार्य संचालन केन्द्र (Regional Emergency Operation Center-REOC) अाज मिति २०७२।०३।२८ गते स्थापना गरिएकाे छ । नेपाल सरकार गृह मन्त्रालयकाे नीति अनुरुप विपद् बाट हुने सबै प्रकारका घटनाहरुकाे सूचना संकलन र संप्रेषण गर्ने मुख्य कार्यकाे लागि सबै क्षेत्रीय प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयहरुमा क्रमशः अापतकालीन कार्य सञ्चालन केन्द्रकाे स्थापना गरिदै लगिने याेजना रहेकाे छ । क्षेत्रीय अापतकालीन कार्य संचालन केन्द्रकाे स्थापनाले यस क्षेत्रमा विपद् सम्बन्धी सबै प्रकारका घटनाहरुकाे समन्वय गरी अगाडी बढ्ने छ । यस केन्द्रमा जडान भएकाे High Frequency Radio-Set सूचना प्रविधिकाे…

  • शिक्षक अावश्यकता २०७३-११-५

    यस निजामती कर्मचारी अावासीय विद्यालय राजपुर, दिपायल, डाेटीकाे लागि  शिक्षक अावश्यक हुँदा सेवा करारमा पदपूर्ति गर्न याेग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त अावहान  गरिन्छ ।

  • निजामती आवाशिय विद्यालयमा शिक्षक आवश्यकता सम्बन्धम --

    निजामती कर्मचारी आवासीय विद्यालय राजप'र, दिपायल, डोटीको लागी आवश्यक प्रधानाध्यापक पद–१ -एक_ को प्रतियोगितात्मक लिखित परीक्षाका लागी आवेदन फाराम ।

  • निजामती सेवा पुरस्कार २०७३-४-३२

     यस कार्यालयमा कार्यरत ना.सु. श्री भक्त बहादुर पुन मिति २०६५ सालदेखि हालसम्म यस कार्यालयमा कार्यरत रही कार्यसम्पादन, सेवा प्रवाह, अभिलेख व्यवस्थापन, कार्यालयको गोपनियता, अनुशासित एवं कर्तव्यनिष्ठ भई कामकाज गर्दै आएको हुँदा निजलाई २०६६ सालको निजामती सेवा दिवसको अवसरमा प्रमाण–पत्र र नगद पुरस्कार समेत प्रदान गरिएको साथै २०६८ सालमा सुशासन (कार्य संचालन तथा व्यवस्थापन) ऐन, २०६४ र नियमावली, २०६५ बमोजिम ३ (तीन) ग्रेड पुरस्कार स्वरुप प्रदान गरिएको र २०७२ सालको निजामती सेवा दिवसको अवसरमा प्रशंसा–पत्र समेत प्रदान गरि पुरस्कृत गरिएको । हालसम्म पनि वहाँले जिम्मेवार कर्तव्यनिष्ट, ईमान्दार एवं नैतिकवान भई कार्यलयको कार्यसम्पादन उत्कृष्ट तवरले सम्पादन गर्दै आउनु भएकोले निजामती सेवा पुरस्कारको…

  • ना‍.सु. र साेभन्दा मुनिका कर्मचारीको सरुवा २०७२-१०-२२

    नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार श्रीमान क्षेत्रीय प्रशासकज्यूलाई प्रत्यायोजित अधिकार बमाेजिम नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समुह, नेपाल विविध सेवा, नेपाल आर्थिक योजना तथा तथ्यांक सेवाका रा.प.अनं. प्रथम र साे भन्दा मुनिका निजामति कर्मचारी र श्रेणिविहिन कर्मचारीहरुको रिक्त रहेका पदहरुमा एेनमा भएको व्यवस्था अनुसारका महिना ( श्रावण, भाद्र, असाेज )बाहेकका महिनामा सरुवा गर्ने व्यवस्था बमोजिम सो कार्य श्रीमान क्षेत्रीय प्रशासकज्यूकाे उपस्थितिमा हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ । त्यसका लागि निजामति सेवा एेनमा व्यवस्था भए बमाेजिमकाे सरुवा सहमति, न्युनतम अवधि पुरा भएको, रिक्त रहेको जानकारी र सरुवा निवेदनमा श्रीमान क्षेत्रीय प्रशासकज्यूलाई सम्वाेधन गरी पठाउनु पर्नेछ ।

  • सूची दर्ता सम्बन्धमा २०७२-४-३१

     

  • सार्वजनीक विदा २०७२-४-३

    नेपाल सरकारले मुसलमानहरुकाे पर्व इदका उपलक्ष्यमा अाज मिति २०७२।०४।०३ गते सार्वजनिक रुपमा विदाकाे घाेषणा गरेकाे जानकारी गराइन्छ ।

  • अविरल परेकाे पानीका कारण समस्या २०७२-३-२२

    कञ्चनपुर जिल्ला महेन्द्रनगरकाे भुजेलामा हिजाेदेखि परेकाे अविरल पानीले गर्दा करीब १२५ भन्दा बढी घर डुबानमा परेकाे सुचना प्राप्त भएकाे छ ।

  • हेलाे सरकार फेसबुक पेज सञ्चालन २०७२-३-२२

    यस कार्यालयमा जनगुनासा व्यक्त गर्ने प्रयाेजनका लागि http://www.facebook.com/fwrao.np मा हेलाे सरकारकाे फेसबुक पेज सञ्चालन गरिएकाे व्यहाेरा सुचित गरिन्छ ।

  • सरूवा तथा पदस्थापन मापदण्ड २०७१ २०७२-३-१३

    सरूवा तथा पदस्थापन मापदण्ड २०७१

  • भुकम्पकाे क्षतीकाे जानकारी अब माेबाइलमा २०७२-३-९

    SMS प्रप्त गर्ने तरिका आफ्नो मोबालइको Message बक्समा गइ NEOC लेखी ११३३ मा SMS गर्नुहोस ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय